|
|
Wikipedia:बारेमाविकिपीडिया एक खुला विश्वकोष हो। यसको लेखन विश्वभरका थुप्रै स्वयंसेवक लेखकहरूले गरिरहेका छन्। यो वेबसाइट एक विकि हो। यसको अर्थ कसैले पनि (तपाँईले समेत) यसलाई परिवर्तन गर्न सक्छ। तपाँईले परिवर्तन गर्न चाहनु भएको पृष्ठको परिवर्तन लिङ्कमा क्लिक गर्नुहोस्। विकिपीडियाको सुरुवात ज्यानुवरी २००१ मा अङ्ग्रेजी भाषाको विकिपीडिया बाट भएको हो। हाल यसको नेपाली संस्करण भने प्रारम्भिक अवस्थामा छ। नेपाली भाषाको २,६९६ लेखहरू समेत गरि सबै विकिपीडियाहरूमा हाल ३० लाख भन्दा बढी लेखहरू छन। आधा भन्दा बढी लेखहरू अङ्ग्रेजी बाहेक अरु भाषाहरूमा छन्। प्रत्येक दिन संसारभरका सयौँ मानिसहरूले हजारौँ परिवर्तनहरू गर्दछन र कयौँ नयाँ लेखहरू निर्माण गर्दछन। यस वेबसाइटमा लेखिएका सबै कुराहरूलाई ग्नु खुला दस्ताबेज अनुमतिले समेट्छ। तपाँईले लेख्नुभएका कुराहरू तपाँईकै सम्पति रहन्छन र प्रतिलिपिछुट (अङ्ग्रेजीमा copyleft) अनुमतिले सबैजनालाई सधैँ प्रयोग र प्रतिलिपि गर्न पाउने अधिकार सुनिश्चित गर्दछ। थप जानकारीका लागि हेर्नुहोस प्रतिलिपि अधिकार। पुनश्च: विकिपीडियामा यस्ता सामाग्रीहरू पनि छन जुन मानिसहरूले छुच्चो, छाडा, वा नराम्रो मान्न सक्छन्। थप जानकारीको लागी हेर्नुहोस् सामाग्री जवाफदेहीता-मुक्ति।
[परिवर्तन्] विकिपीडिया प्रयोग[परिवर्तन्] विकिपीडियामा योगदान
[परिवर्तन्] संपर्क गर्न
[परिवर्तन्] अन्य लिङ्कहरू |