अरु भाषामा

लण्डन

लण्डन सहर बेलायतसंयुक्त अधिराज्यको राजधानी हो। यो सहर बेलायतको दक्षिण-पूर्वमा छ र थेम्स नदी यसको बिचबाट बग्दछ। यहाँ मानिसहरू बसोबास गर्दै आएको २ हजार वर्ष भन्दा बढी भई सकेको छ। यहाँको जनसङ्ख्या करिब ७५ लाख छ, जुन युरोपेली संघका सबै सहरहरू मध्ये सबै भन्दा धेरै हो। महानगरिय क्षेत्रमा करिब १ करोड ४० लाख मानिसहरू बसोबास गर्दछन। ब्यापार, अर्थतन्त्रसंस्कृतिको हिसाबले यो विश्वकै एक महत्वपुर्ण सहर हो। राजनीति, शिक्षा, मनोरञ्जन, सञ्चार माध्यम, फेसनकलामा लण्डनले ठुलो प्रभाब पार्दछ। यहाँ धेरै महत्वपुर्ण सङ्ग्रहालय, गिर्जाघर र अन्य राम्रा पर्यटकिय ठाउँहरू छन्।

विषयसूची

[परिवर्तन्] घटनाहरू

[परिवर्तन्] इतिहास

रोमनहरूले इश्वि सन ४३मा थेम्स नदि किनारमा लोन्दिनियम नामको एक सहर निर्माण गरे, जसको नाम पछि लण्डन भयो। यस सहरलाई सन ६१मा रानी बौदिकाका सैनिकहरूले ध्वस्त पारे। रोमनहरूले समातेपछि बौदिकाले आत्महत्या गरिन। रोमनहरूले लण्डनको पुनर्निर्माण गरे। लण्डन एक महत्वपुर्ण ब्यापारिक सहर हुनपुग्यो। रोमनहरूले ब्रिटेन छाडेपछि धेरै समयसम्म सहरमा कोहि पनि बसेनन् किनकी एङ्गलो-सेक्सनहरू गाँउमा बस्न रुचाँउदथे। नवौं सताब्दीमा मानिसहरू त्यहाँ फेरी बस्न थाले। यो बेलायतको सबै भन्दा ठुलो सहर त बन्यो तर १२वौं सताब्दीमा आएर मात्र यो बेलायतको राजधानी बन्यो।

त्यस पश्चात, लण्डन धेरै ठुलो बन्न पुग्यो। बृहत लण्डनमा ३३ लण्डन बोर्‌होहरू र एक मेयर छन्। लण्डनको पुरानो सहर केबल एक बर्गमिल मात्र छ, तर यसको आफ्नै लर्डमेयर छ।

बृहत लण्डनको अर्को प्रशिद्ध भाग वेस्टमिन्सटर हो, जुन सँधै लण्डन भन्दा बेग्लै सहर थियो। वेस्टमिन्सटरमा वेस्टमिन्सटर एब्बे (एक गिर्जाघर), वेस्टमिन्सटर दरबार (संसद भवन, बिग बेन - ठुलो घण्टा भएको) र १० डाउनिङमार्ग (प्रधानमन्त्री निवास) छन्।

[परिवर्तन्] स्मारकहरू

शहश्राब्दी गुम्बज, थेम्स नदीबाट हेर्दा
शहश्राब्दी गुम्बज, थेम्स नदीबाट हेर्दा


आधुनिक लण्डनको दृश्य

[परिवर्तन्] पनि हेर्नुहोस्

[परिवर्तन्] अन्य वेबसाइटहरू

विकिमीडिया कमन्समा अरु धेरै सामाग्रीहरू छन्:
लण्डन



[परिवर्तन्] सन्दर्भहरू


SEO Tools system wymiany linków wymiana linkami tanie kredyty gotówkowe kreatyna Plaza 3 star hotel Los Angeles krynica noclegi Sejm Tyk