बेलारुस पूर्वी युरोपको एक देश हो। त्यहाँको जनसङ्ख्या करिव १ करोड १० लाख छ। यस देशको राजधानी मिन्स्क हो। यो देश शन् १९९१ सम्म सोभियत संघ को भाग थियो। आधिकारिक भाषाहरू बेलारूसी र रूसी हुन्। यसका राष्ट्राध्यक्ष एलेकज्याण्डर लुकासेन्को हुन्।