टेलिभिजन

पुरानो पोर्टेबल टेलिभिजन
पुरानो पोर्टेबल टेलिभिजन

टेलिभिजन (अङ्ग्रेजी television, छोटकरीमा TV वा telly) दृश्य पर्दा भएको एक उपकरण हो, जसले प्रसारण गरिएको सङ्केतलाई दृश्य र ध्वनीमा परिवर्तन गर्छ। नेपाली भाषामा यसलाई दुरदर्पण र दृष्यवाहिनी भनिन्छ, तर यी शब्दहरू सामान्य प्रचलनमा छैनन्, र सामान्यतया टिभि भनिन्छ। टेलिभिजन शब्दको उत्पति टेलि (युनानी भाषामा धेरै टाढा) र भिजन (अङ्ग्रेजीमा हेर्नु) बाट भएको हो।

सामान्यतया टिभि एक बाक्सा जस्तो देखिन्छ। पुराना टिभिहरूमा ठुला काठका ढँाचाहरु हुन्थे र कुनै फर्निचरलाई झैं भँुइमा राखिन्थ्यो। नया टिभिहरु साना बन्दै गएर दराजको तखतामा अट्न थाले। अझ यति छरितो भइसकेका छन कि, टिभिलाई आफूसङ्गै बोकेर हिँड्न सकिन्छ। सबैभन्दा साना टिभि त, हत्केलामा नै अट्छ। ठूला ठूला टिभिले त, घरको कुनै भित्तालाई पुरै ढाक्न सक्छ, र भँुईमा राख्न वा भित्तामा अड्काउन सकिन्छ। हाल धेरै टिभिलाई चलचित्रघरको पर्दा जस्तै देखिने फराकिलो-पर्दामा बनाईन्छ, जुन पुराना टिभि जस्तो वर्गाकार हुँदैन।

टिभिमा एक स्पर्शेन्द्रीय (antenna) (अथवा वाहक (aerial)), वा तार हुन्छ। त्यसले हावाबाट वा तार-प्रदायक (cable-provider) बाट सङ्केतलाई टिभिसम्म पुर्याउँछ। टिभिले डिभिडि वा भिसिआरबाट पनि चलचित्र देखाउन सक्छ। टिभि केही कम्प्युटर वा गेम-कन्सोल सँग पनि जोड्न सकिन्छ।

[परिवर्तन्] पनि हेर्नुहोस्


system wymiany linków system wymiany linków system wymiany linków wymiana linkami tanie kredyty gotówkowe kreatyna Plaza 3 star hotel Los Angeles krynica noclegi Sejm Tyk