औजारबट्टाअरु भाषामा
|
आकाशगङ्गाआकाशगङ्गा एक तारापुञ्ज हो जहाँ हाम्रो सौर्यमण्डल (पृथ्वी समेत) रहेको छ। यो एक सङ्खाकार (स्पाइरल)[१] तारापुञ्ज हो। यसको मुख्य चक्काको व्यास करिव ८०,००० देखि १ लाख प्रकाशवर्ष छ भने परिधि २,५०,००० देखि ३,००,००० प्रकाशवर्ष छ। ब्रम्हाण्ड मा अबलोकन गर्न सकिने अरबौं तारापुञ्जहरू मध्येको एक हो आकाशगङ्गा।
[परिवर्तन्] इतिहासआकाशगङ्गाको आयु ठम्याउन निक्कै कठिन छ, तापनि यस पुञ्जको सबै भन्दा पुरानो ताराको आयु अन्दाजि करिव १३.६ अर्ब वर्ष छ जुन लगभग यस तारापुञ्जकै आयु समान छ।[२] [परिवर्तन्] संयोजन र बनावटImage:NGC 7331.jpg
NGC 7331 लाई आकाशगङ्गाको जुम्ल्याहा भन्ने गरिन्छ। यो त्यस्तै देखिन सक्छ जुन अरु कुनै तारापुञ्जबाट आकाशगङ्गालाई हेर्नेले देख्दछ।
[परिवर्तन्] तारापुञ्ज गर्भतारापुञ्जिय चक्का, जुन गर्भबाट बाहिरतिर उठेको छ, को व्यास करिब ७० हजार देखि एक लाख प्रकाशवर्ष लामोे छ। [३] सूर्य देखि पुञ्जगर्भ सम्मेको दुरी करिव २६,००० ± १४०० प्रकाशवर्ष लामो रहेको अनुमान छ। तारापुञ्जको गर्भमा धनुराशि ए नामको एक निक्कै घना पिण्ड रहेको छ जुन अति धेरै तौल भएको छ। यो एक निक्कै बिशाल ब्ल्याक होल हो भन्ने अनुमान गरिएको छ। सबैजसो तारापुञ्जको गर्भमा एक विशाल ब्ल्याक होल रहेको हुन्छ भन्ने अनुमान गरिएको छ।[४] [परिवर्तन्] सन्दर्भ
|